विभिन्न ठाउँबाट ६५ लाख बढीकाे धनमाल चोरी


काठमाडौं ।

काठमाडौंकाे कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी ग्रिनहिल सिटीस्थित यमलाल कँडेलको घरबाट नगद ६० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी १५ लाख रुपैयाँ मंगलबार बिहान चोरी भएको छ ।

ललितपुर महानगरपालिका-१६ गाबहाल बस्ने प्रकाश बहादुर अमात्यको घरबाट सुन र चाँदीका बिभिन्न गहनाहरु समेत गरी करिब ७ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

यसैगरी, ललितपुर महानगरपालिका-२० श्रीबहालस्थित राजेन्द्र शाक्यको सुनचाँदी पसलबाट ६० तोला सुन र २४० तोला चाँदी समेत गरी करिब ४३ लाख ९२ हजार रुपैयाँ बराबरको सुनचाँदी सोमबार राति चोरी भएको छ ।

चोरीमा संलग्नहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।