जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


पर्सा ।

१७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पर्साकाे पोखरीया नगरपालिका-५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।