सफल जीवनका लागि योग

0
Shares

धुलिखेल योग साधना केन्द्रद्वारा प्रकाशित सफल जीवनका लागि योग नामक पुस्तक शनिबार धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु, उपमेयर विमला शर्मा, काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजू, वरिष्ठ साहित्यकार मोहन दुवाल, पतञ्जली योग केन्द्र प्रदेश नं ३ का प्रमुख ग्रोविन तौजलेले सामूहिकरूपमा विमोचन गर्नुभयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि ब्याञ्जुले स्वास्थ्य जीवनको अपरिहार्य हो र नगरपालिकाले नमुना नगरका लागि स्वस्थ नागरिकको परिकल्पना गरिरहेको अवस्थामा योग साधना केन्द्रले स्वस्थ जीवनका लागि योग कार्यक्रमका साथै जनचेतनामूलक पुस्तक निकालेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।

त्यसै गरी कार्यक्रममा पुस्तकका सम्पादक दिवाकर जंगमले योग अभ्यास गराएर सहभागीहरूले उपयोगी र व्यावहारिक शिक्षा दिनुभएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार दुवालले शारीरिक मात्र हैन पछिल्लो समय हरेक मानिसको मानसिकरूपमै स्वस्थताको खाँचो रहेको कुरा औंल्याउँदै पुस्तक प्रकाशन गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो।

सोही अवसरमा डा. कोजूले नियमित व्यायामले शरीरका अंगलाई स्वचालित गर्छ र रोगलाई टाढा भगाउँछ, तसर्थ योग र स्वास्थ्य परीक्षण नियमित गरेर निरोगी बन्न सबैका लागि आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा तौजलेले योग साधनाले हरेक मानिसलाई निरोगी, शान्त, सहनशील बनाउनुका साथै सकारात्मक विचारतर्फ केन्द्रित गर्न मदत गर्ने बताउनुभयो। उहाँले शुरूमा नबुझ्दा योग भनेको जोगी हुने त हैन भन्ने आफ्नै परिवारले सोच्थे अहिले बुझेपछि सजिलो भएको छ। साथै उद्योगधन्दा कलकारखाना सञ्चालन गर्न

कुनै रोक आउँदैन आफ्नो शरीरका लागि २ घण्टा दैनिक छुट्याएर दीर्घजीवी हुन सिकौं भन्नुभयो।उहाँले धुलिखेल योग साधना केन्द्रले आम नागरिकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पुस्तक नै निकालेकोमा प्रशंसा गर्नुका साथै आगामी दिनमा थप ऊर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाललाई प्रमुख अतिथ ब्याञ्जु, धुलिखेल योग साधना केन्द्रका अध्यक्ष राजु श्रेष्ठले लगायतका अतिथिहरूले दोसल्ला र रुद्राक्षको माला लगाई सम्मान
गर्नुभएको थियो।