कुबेत भाग्न लागेका बस्नेत पक्राउ


काठमाडौं, (नेस)।

धादिङको गजुरी गाउँपालिका ८ बस्ने स्काभेटर चालक हरिकृष्ण भन्ने हेमनसिंह बस्नेतलाई एक युवती बलात्कर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। गत जेठ १४ गते गजुरी नजिकै हलेदे खोलामा एक १६ वर्षे युवतीलाई बलात्कार गरेपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ। बस्नेतले ती युवतीको घरको ढोका फुटाएर घरभित्र प्रवेश गरी मुख थुनेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।

उक्त घटनापछि भारत फरार भएका बस्नेत वैदेशिक रोजगारीमा जाने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि कुबेत जान लागेको बेला प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका वस्नेतलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको सीआईवीले जनाएको छ।