रुदीखोला–बी राष्ट्रिय प्रसारण लाइनमा

0
Shares

नेपाल समाचारपत्र, लमजुङ। 

राष्ट्रिय प्रसारण लाइनमा ६.६ मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत् आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाको विद्युतगृह लमजुङको क्हाँेलासाेंथार गाउँपालिका–५ सिङ्दी बेंसीमा रहेको छ ।

विन्ध्यावासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् मुग्री सबस्टेसनमा जोडिएको हो । १५ दिनसम्म परीक्षण उत्पादन गरेपछि आयोजना व्यावसायिक उत्पादनमा जानेछ । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्ध्यवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

निर्माण सुरु भएको २० महिनामै उत्पादन भएको र उक्त आयोजनाको लगानी प्रतिमेगावाट १८ करोड रहेको आयोजना प्रमुख सरोज भट्राईले बताउनुभयो । विन्ध्यावासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्ध्यावासिनी समूहले लगानी गरेको छ ।