पत्रकार शंखदेवलाई मातृशोक

0
Shares

भक्तपुर, (नेस)। 

मध्यपुर थिमी नगरपालिका बाहाखाबजर निवासी पत्रकार रामकृष्ण शंखदेवलाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य, मध्यपुर पोस्टका प्रकाशक, भक्तपुर एफएमका समाचार संयोजक एवं मध्यपुर पत्रकार मञ्च अध्यक्ष रामकृष्ण शंखदेवकी ममतामयी माता हरिलक्ष्मी शंखदेवको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो।

उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ। ती मध्ये रामकृष्ण साइला छोरा हुनुहुन्छ। स्वर्गीय हरिलक्ष्मी शंखदेवको आजै नेवारी परम्पराअनुसार थिमिस्थित घाटमा अन्त्येष्टि गरिएको छ। मधुमेह रोगका कारण नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा उपचार गराइरहनुभएका शंखदेवको उपचार कै क्रममा निधन भएको हो।