पत्रकार शंखदेबलाई मातृशोक


न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुर थिमी नगरपालिका बाहाखाबजर निवासी पत्रकार रामकृष्ण शंखदेबलाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य, मध्यपुर पोष्टका प्रकाशक, भक्तपुर एफ. एम.का समाचार संयोजक एवं मध्यपुर पत्रकार मञ्च अध्यक्ष रामकृष्ण शंखदेवकी ममतामयी माता हरिलक्ष्मी शंखदेवको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।

उहाँका चार छोरा र चार छोरी हुनुहुन्छ । ती मध्ये पत्रकार रामकृष्ण साइला छोरा हुनुहुन्छ । स्वर्गिय हरिलक्ष्मी शंखदेवको आजै नेवारी परम्परा अनुसार थिमिस्थित घाटमा अन्त्येष्टी गरिएको छ ।

मधुमेह रोगका कारण नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचार गराईरहनु भएका शंखदेवको उपचार कै क्रममा निधन भएको हो । यसै बीच नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा भक्तपुरले मृतकको आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।