क्रिकेट प्रशिक्षक पटवालद्वारा राजीनामा


न्युज अफ नेपाल, काठमाडौँ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षकले राजीनामा दिएका छन् । प्रशिक्षक उमेश पटवालले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

‘आईसीसीसमक्ष दिएको राजीनामाको बोधार्थ क्रिकेट संघलाई पनि आएको छ’ क्यान स्रोतले बताएको छ । मासिक ७ हजार डलर तलबमा पाउने पटवालले २०१९ जुन देखि २०२० को जुन १० सम्म नेपाली टिम हेर्ने सम्झौता थियो।

यो तलबमा कर लाग्ने भएपछि पटवाल असन्तुष्ट रहेको र यो रकम कर बाहेकको हुनु पर्ने भन्दै तलब लिन नै अस्वीकार गरेको स्रोतको दाबी छ।

पटवाल गत जेठमा एक वर्षका लागि युएईविरूद्धको एकदिवसीय सिरिज र टी–२० सिरिजमा पनि पटवाल कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक थिए।