पाँच दिनदेखि हराइरहेका युवक मृत भेटिए, हत्या भएको आशंकामा ५ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, रौतहट ।

रौतहटमा एक युवकको मृत अवस्थामा शव फेला परेको छ । पाँच दिनदेखि हराइरहेका रौतहट इशनाथ नगरपालिका ८ मनसरीका २० वर्षीय एतेशा मुलहक मृत फेला परेका हुन् ।

एतेशाको शव सोमबार अकोलवा नजिकै नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । मोतीपुर नरकटीमा रहेको दिदीको घरबाट मोटरसाइकलमा घर फर्कदै गरेका उनी १५ गतेदेखि सम्पर्कविहीन भएका थिए । शव फेला परेको स्थानदेखि करिब एक किलोमिटर दक्षिण नदी किनारमा युवकको मोटरसाइकल फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

उनको हत्या भएको आशंकामा प्रहरीले दुई जना युवती र तीन जना युवकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । शवको टाउकोमा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।