चीनले १० दिनमै बनाएको १ हजार शैयाको अस्पताल आजबाट सञ्चालनमा आउँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चीनले कोरोना भाइरस संक्रमित बिरामीहरुका लागि १० दिनमा १ हजार शैयाको अस्पताल तयार गरेको छ ।

कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको वुहानमा निर्मित उक्त अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । सशस्त्र सेनाका १४०० मेडिकल स्टाफलाई बिरामीहरूको उपचार गर्ने जिम्मा दिइएको छ ।

त्यस्तै, कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चीनले अर्काे अस्पताल निर्माण गर्दै छ । सञ्चार माध्यमाका अनुसार उक्त अस्पताल बुधबारसम्ममा निमार्ण भइसक्ने छ ।

डिसेम्बर अन्तिम साताबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म चीनमा मात्रै ३६२ जना मानिसको मृत्इु भइसकेको छ । यस्तै, १७,३८८ जना मानिसमा संक्रमण देखिएको छ ।