न्युज अफ नेपाल, काठमाडौं ।
यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भुका अधिकृत घुससहित पक्राउ परेका छन् ।
छैठौं तहमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई १३ हजार घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आइतबार रङ्गेहात पक्राउ गरेको हो ।
सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घूस लिएको अवस्थामा उनीहरु पक्राउ परेको टोलीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको छ ।











प्रतिक्रिया