अज्ञात समुहद्वारा गाउँपालिका कार्यालय तोडफोड, ११ घरमा चोरी

14
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

अज्ञात समुहले लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालय तोडफोड गरेको छ । आइतबार राती अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड गरेको छ ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष र स्टोरकक्ष तोडफोड भएको बताईएको छ । दराज र घरा फोरेर कागजपत्रहरु असरल्ल अबस्थामा फालिएको छ । वडा कार्यालयको पनि ढोका फोरेर दराज र घरा तोडफोड भएको वडाध्यक्ष कैलाश थापाले जानकारी दिनुभयो ।

“गाउपालिकाको कार्यालय सहित वडा कार्यालय तोडफोड भएछ, पेड्कुका ११ घर तोडफोड गरि धनमाल चोरी भएको छ उहाँले भन्नुभयो, “कस्ले गर्यो भन्ने खुल्न सकेको छैन ।”चोरी भएका घर धनीहरु अन्यत्रै बसोबास गर्नेहरु हुन् ।