एसियन पब्लिकको विजयी शुरूआत

0
Shares

काठमाडौं, (नेस)।

एसियन पब्लिक स्कुले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगितामा आइतबार विजयी शुरूआत गरेको छ।काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको खेलमा एसियनले एआईएलाई १–० गोलले पराजित गर्यो।

अन्य प्रतिस्पर्धामा समता शिक्षा सदनले विट्स एकेडेमीलाई ४–१ र क्याम्ब्रिजलाई २–१, तारा सदनले गोल्डेनपिकलाई १–०, एप्पल इन्टरनेसनल स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई १–०, सेन्चेनले ज्ञानमालालाई ४–२, एलिक्सरले बौद्ध चिल्ड्रेन हेभेनलाई १–०, अनमोल ज्योतिले चैतन्य शंख स्कुललाई १–०, लुम्बिनी एकेडेमीले सुप्रिमलाई ५–३ तथा कौस्तुभले जेनेसिसलाई १–० गोलले हराए।