प्रहरीका खेलाडी सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कांस्यलाई ३० हजार नगद प्रदान गरियो।

त्यस्तै टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कांस्यलाई २५ हजार नगदबाट पुरस्कृत गरियो। दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए। महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे।