सीसीआरसी क्वार्टरफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

सीसीआरसी १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता समेत बन्यो।

सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे। पराजयका बावजुद ह्वाइटहाउस पनि समूह उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ। त्यस्तै न्यु जेनिथले रोजबडलाई ४८–४७ को झिनो अन्तरले हराउँदै अन्तिम आठमा पुग्यो। टोलीलाई जित दिलाउन संकित शाहीले सर्वाधिक २० स्कोर गरे।