अर्किड सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)।

अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा अर्किडले लाइसियमलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेक्सस, न्यु होली क्रस र डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक सेमिफाइनलमा पुगे।