मालदिभ्स पुनः राष्ट्रमण्डलमा प्रवेश

0
Shares

बेलायत, (एजेन्सी)।

दक्षिण एसियाली मुलुक मालदिभ्सलाई राष्ट्रमण्डलमा आधिकारिक रुपमा पुन समावेश गरिएको छ। मालदिभ्सले करिब तीन वर्षअघि मानवअधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो।

बेलायत ४७ बर्ष सदस्य रहेर युरोपेली संघबाट अलग भएका समयमा मालदिभ्स राष्ट्रमण्डल सदस्यका रूपमा फर्केको हो। आफ्नो मानवअधिकारको रिकर्ड र लोकतान्त्रिक सुधारमा प्रगतिको अभावलाई निलम्बित गर्ने चेतावनीपछि मालदिभ्स राष्ट्रमन्डलबाट अलग भएको थियो।

मालदिभ्सले राष्ट्रमन्डलमा पुन आबद्ध हुने अनुरोध सन् २०१८ डिसेम्बरमा गरेको थियो। त्यतिबेला त्यहाँका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले राष्ट्रमन्डल महासचिव पेट्रिसिया स्कटल्यान्डलाई पत्र लेखेका थिए।

पेट्रिसिया जेनेट स्कटल्यान्ड अर्थात बेरोनेस स्कटल्यान्डले मालदिभ्स र त्यहाँका जनतालाई राष्ट्रमण्डलमा स्वागत गर्दै भनिन्– मालदिभ्समा जारी सुधार प्रक्रिया राष्ट्रमन्डलको मूल्य र सिद्धान्तअनुरुप छ र हामी देशलाई यस मार्गमा हिँडने जारी राख्न प्रोत्साहित गर्दछौं।

उनले भनिन्– राष्ट्रमन्डलका सदस्य यस घटनाक्रमलाई लिएर प्रसन्न छन् र मालदिभ्सको गणनामा परिवारको सदस्यका रूपमा गर्ने पाएकोमा खुसी छन्। हामी एक आपसमा मिलेर मालदिभ्सलाई उसको महत्वाकांक्षाहरू साकार पार्नमा सहयोग गर्नेछौं।

भारतले मालदिभ्स राष्ट्रमन्डलमा प्ुन प्रवेश गर्ने कुरालाई समर्थन गरेको थियो। मालदिभ्सका राष्ट्रपति सोलेहले भने– आज मालदिभ्सका जनता लागि खुसीको दिन हो, किनभने हामी राष्ट्रमन्डल देशको परिवारमा फर्केका छौं। एक युवा लोकतन्त्रका रुपमा, राष्ट्रमन्डलको लोकतन्त्र, मानवअधिकार, सुशासन, बहुपक्षवाद र विश्व शान्ति अभिद्धीको मूलभूत मूल्य हाम्रा लागि पहिलाको भन्दा धरै प्रासङ्गिक छ।