भारतमा भाजपा म्यान्मारको जस्तो नरसंहार

0
Shares

इस्लामाबाद, (एजेन्सी)।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिँदै भारतको सत्तारूढ भारतीय जनता पार्टीको योजना भारतमा म्यान्मारको जस्तो नरसंहार दोहोर्याउनु रहेको आरोप लगाए।

टर्कीको समाचार एजेन्सी अनादोलुलाई दिएको अन्तर्वार्तामा इमरानले बीजेपीले भारतका मुस्लिम समुदायलाई छिन्नभिन्न पार्न चाहेको बताए। एनआरसीलाई अद्यावधिक बनाउने नाममा विवादस्पद कानुनका कारण ठूलो संख्यामा जनता नागरिकता अधिकारबाट वञ्चित हुने उनले बताए।

म्यान्मारमा पनि ठीक त्यस्तै भएको र त्यहाँ पनि पहिला रजिस्टे«सन कानुन ल्याएको र पछि मुसलमानलाई बाहिर पठाएको उनले बताए। प्रधानमन्त्रीले भने– ‘म्यान्मारमा पनि ठीक यस्तै भएको थियो। त्यहाँ पनि शुरूमा रजिस्ट्रेसन कानुन ल्याएको थियो। मुसलमानलाई यसबाट बाहिर राखियो र त्यसपछि नरसंहार भयो। भारतमा स्थिति त्यही दिशामा गइरहेको छ भन्नेमा मलाई डर छ।’

भारतको आशंकित घटनाक्रमका कारण पाकिस्तान र बंगलादेशमा शरणार्थीको समस्या बढ्न सक्छ, भन्ने प्रश्नको जवाफमा इमरानले भने– ‘असममा जसलाई नागरिकता पञ्जीकरणबाट बाहिर पारिएका थिए, बंगलादेशले पहिले नै उनीहरूमध्ये कसैलाई स्वीकार्न गर्न अस्वीकार गरिसकेको थियो।’