दुर्घटनामा तीनको मृत्यु

0
Shares

सर्लाही, (नेस)।

छुट्टाछुटै सवारी दुर्घटनामा परी सर्लाहीमा तीन जनाको ज्यान गएको छ। शनिबार राति सर्लाही गोडैताबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको मोटर साइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिंदा बिआर ३० एच ६७९८ नम्बरको मोटरसाइकमा सवार सर्लाही मलंगवा नगरपालिका २ का उपेन्द्र सोनारको घटनास्थलमै ज्यान गएको हो।

सोही मोटर साइकलमा सवार अर्का मलंगवा घर भएका राजेन्द्र यादवको उपचारको क्रममा जिल्ला अस्पताल मलंगवामा ज्यान गएको हो। ठक्कर दिने सवारीको पहिचान नभएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो।

त्यसै गरी शनिबार साँझ रानीगन्जमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा जोककुमारी थापाको ज्यान गएको छ। बाटोमा हिँड्दै गर्दा ना १९ प २१६० नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि उहाँको उपचारको क्रममा ज्यान गएको हो।