‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ हुने


काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकले ‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ आयोजना गर्ने भएको छ । सम्मेलन आगामी फागुन १६ र १७ गते गर्ने तयारी राष्ट्र बैंकले गरेको छ।राष्ट्र बैंकले तेस्रोपटक मुलुकको आर्थिक तथा वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो।

सम्मेलनको तयारीका लागि राष्ट्र बेंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मास्के, अनुसनधान विभागका निर्देशक डा. रामशरण खरेल सदस्य रहने गरी आयोजक समिति बनाइएको छ।

सम्मेलनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विभिन्न देशका केन्द्रीय बैंकका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने छन्। सम्मेलनमा वित्तीय संघीयता, सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, विनिमय दर व्यवस्था, पुँजी प्रवाह, रेमिट्यान्सलगायतका विषयमा ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ।बक