‘बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना

0
Shares

काठमाडौं, (नेस)।

मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरेको छ।समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा/प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गरेका एक जना १ लाख १० हजार नगद र सम्मानपत्रसहित प्रदान गरिने भएको छ।

यसका लागि अक्षय कोष स्थापनार्थ पहाडी परिवारबाट १० लाख रुपियाँ प्रदान गरिएको थियो।पुरस्कार छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, वरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल, महासचिव सुशिल बस्नेत र शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे सम्मिलित छनौट समिति गठन गरिएको छ।

समाजसेवी पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ। त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको जन्म भएको थियो।

यसैगरी पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्लास्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागि लाखौं मुल्यको ४ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो।समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता स्व. पद्मप्रसाद दाहाल र आमा स्व. कृष्णकुमारी दाहालको स्मृतिमा से

वा पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि दाहाल प्रतिष्ठानलाई १० लाख र बिराट साहित्य संगमलाई पत्नी राधादेवी दाहालको स्मृतिमा १ लाख प्रदान गर्नुभएको थियो।यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समूह बिराटनगरलाई रु ५ लाख प्रदान गर्नुभएको थियो।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरूको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले. २ लाख रुपियाँ प्रदान गर्नुभएको छ।