लागूऔषध बरामद

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महानगरपालिका–१५ भुइखेलबाट नियन्त्रित लागूऔषध डाइजेपाम– ६ एम्पुल, फेनारगन–३९ एम्पुल, नोर्फिन– २ एम्पुल, नगद १ हजार ५ सय रुपियाँ र ४ थान मोबाइलसहित सोही स्थानमा डेरा गरी बस्ने लम्जुङ घर भएका ओमबहादुर गुरुङलगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

गुरुङको डेरा कोठामा लागूऔषधको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

त्यसैगरी सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–७ केमनचुलीबाट ५५ केजी अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका केमनचुली भुताहा बस्ने सरोज लामालगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सो ठाउँ हुँदै अवैध लागूऔषध गाँजा लुकाइछिपाई लैजाँदै छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा बोरामा प्याकिङ गरी राखेको उक्त परिमाणको लागूऔषध र ३ वटा मोटरसाइकलसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो।