हिमाली भेगको मन्त्र

0
Shares

मन्त्र नामक फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म लभ स्टोरी जनरामा बनेको छ। सार्वजनिक फस्टलुकमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन। फिल्मले हिमाली भेगको प्रेम कथा बोल्ने निर्देशक गुरुङले जानकारी गराएका छन्।

सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ, वीरबहादुर लामालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, सञ्जय लामको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ।

मुभी र्याकको ब्यानरमा मनोज राजभण्डारीद्वारा निर्मित फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता तथा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ सहनिर्माता रहको छन्।