दुर्घटनामा ५ को मृत्यु

0
Shares

सरोज यादव, विराटनगर।

सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा हायस र बस एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सख्या ५ पुगेको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।

घटनामा हायस चालक धादिङ बैरेनीका दीपक खड्का, हायसमा सवार झापा, भद्रपुर–५ की ६८ वर्षीया डोलकुमारी कोइराला, निजकै श्रीमान् हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो।

घाइते हुनेमा हायसमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमाडौं अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीय रमुना श्रेष्ठ, दमक–३ का ३० वर्षीय बमबहादुर बस्नेत र झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले हुनुहुन्छ।

यसैगरी झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीया ताराकुमारी राय, ३८ वर्षीया माया काफ्ले, ३५ वर्षीया सावित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाइते हुनुभएको छ।

घाइतेमध्ये बस्नेतको एपेक्स हस्पिटल इटहरी, कार्कीको धरानको घोपा र अन्य घाइतेको गोल्डेन अस्पताल विराटनगरमा उपचार भएको छ। यस्तै अन्य घाइते मकवानपुर हेटौंडाका ३८ वर्षीय वेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ वर्षीय खगिन्द्र नेपाल र झापा कमल गाउँपालिकाका २६ वर्षीय राजकुमार शर्माको एपेक्स हस्पिटलमा इटहरीमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय पकलीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ।