छ पत्रकार सम्मानित


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल भाषाको माध्यमबाट पत्रकारिता गरिरहेका सात जना पत्रकारहरुलाई शनिबार सम्मान गरियो । नेपाल खड्गी सेवा समितिको वसन्तपुरमा भएको सातौं महाधिवेशनमा सो सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा लहना साप्ताहिकका नृपेन्द्रलाल श्रेष्ठ र सुरेन्द्रभक्त श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्याय, झीगु डटकमका रेखा शाक्य, नेवा टिभीका नवीन जोशी र रेडिया मिर्मरेका बुद्धशरण शाही रहनुभएको छ ।

सम्मानित हुनेहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फुलमाला लगाईदिनुभयो ।