चीनमा कोरोना भाइरसबाट संक्रमित ७२ जनालाई अस्पतालबाट डिस्चार्ज गरियो

उनीहरुमा भाइरसको लक्षण देखापर्न छाडेको एनएचसीको दाबी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चीनमा कोरोना भाइरसबाट संक्रमित ७२ जना मानिसलाई निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पताल भर्ना भएका उनीहरुमा भाइरसको लक्षण देखा पर्न छोडेपछि डिस्चार्ज गरिएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले आफ्नो दैनिक प्रतिवेदनमा सो कुरा जनाएको चीनीयाँ सञ्चारमाध्यमले बताएका छन् । एनएचसीका अनुसार संक्रमित व्यक्तिको शरीरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य दायरामा रहेमा र दुई पटकसम्मको न्यूक्लिक एसिड परीक्षणमा नकारात्मक परिणाम देखिएमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

शुक्रबार रातिसम्मको तथ्यांक अनुसार चीनमा मात्रै २५९ जनाको मृत्यु भइसकेको छ । यस्तै, ११ हजार बढी मानिसमा संत्रमण भेटिएको छ ।