न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतले चीनको वुहानमा रहेका आफ्ना तीन सय २४ जना नागरिकको उद्दार गरेको छ । शनिबार बिहान एयर इन्डियाको विमानबाट उनीहरुलाई दिल्ली ल्याएको हो ।
दिल्ली पुर्याइएका उनीहरुको विमानस्थलमै भारतीय सेना र विमानस्थल स्वास्थ्य केन्द्रको मेडिकल टोलीली संयुक्तरुपमा मेडिकल परीक्षण गर्ने भएको छ । स्वास्थ्य परिक्षणपछि सबैलाई मानेसर शिविर लैजाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनलाई दिल्लीस्थित बेस अस्पतालमा भर्ना गरिएको स्रोतले बताएको छ ।
भारतीय नागरिकको उद्दार भएसँगै चीनमा रहेका नेपाली विद्यार्थीहरु झन् चिन्तित बनेका छन् । हप्ता दिनदेखि कोठाबाट बाहिर ननिस्किएका उनीहरुले नेपाल सरकारले आफूहरुलाई टुहुरो बनाएको जनाएका छन् । नेपाल सरकारले भने चनिमा रहेका १२० नेपालीलाई उद्दार गर्न चीनलाई अनुरोध गरिसकेको बताएको छ ।











प्रतिक्रिया