उपाध्यक्ष गिरीमाथि लागेको भ्रष्टाचार अभियोगबारे निष्पक्ष छानबिन हुनुपर्ने माग

0
Shares

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुुनुपर्ने माग गरिइएको छ ।

शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषि देखिए कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारवाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु ।”

आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “घुस मागेको आरोप लागेका आयोगका उपाध्यक्ष गिरिमाथि कुनै छानबिन नहुने तर जोसँग घुस मागिएको छ अर्थात् (मेडिकल सञ्चालक) जो स्वम् पीडित भएँ भनेर न्याय माग्दै छन् । उसैलाई कानूनी डण्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप गरिएको छ, यो गलत हो ।” थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० ९बीस करोड० घुस मागेको आरोप लाग्दै आएको जानकारीसमेत दिनुभयो ।