पर्वतबाट लागुऔषध र हतियारसहित एक युवक पक्राऊ

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेबाट एक युवक लागु औषध र हतियारसहित पक्राउ परेका छन् । स्थानीय झिल्लीबर्याङका ३० वर्षिय मुक्त बहादुर आले मगरलाई प्रहरीले बिहीवार दिउँसो उनकै घरवाट पक्राउ गरेको हो ।

मगरले लागु औषध बिक्री बितरण गर्दै आएको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएकोे टोलीले उनको घरवाटै पक्राउ गरेको जानकारी दिएको छ । साथै घरभित्र बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने खैरो पदार्थ १ किलो ३०० ग्राम र चरेश जस्तो देखिने खैरो पदार्थ ५० ग्राम बरामद गरेको छ । त्यसैगरी उनकै घरमा लुकाई राखेको १२ बोरको एकनाले बन्दुक एक थान पनि बरामद गरिएको थियो ।

मगरलाई लागु औषध सम्बन्धी कसुर र हात हतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा बिहीवार देखी लागु हुने गरी अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।