अध्ययनका लागि चीन पुगेका नेपाली विद्यार्थीको गुनासो, ‘टुहुराजस्तै भयौँ ‘

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अध्ययनका लागि चीन पुगेका नेपाली विद्यार्थी चिन्तित भएका छन् । विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरेपनि नेपाल सरकारले भने आफूहरुलाई वेवास्था गरेको विद्यार्थीले बताए छन् ।

सरकारले गरेको वेवास्ता देख्दा टुहुरो भएको महसुुस गरेको विद्यार्थीले बताए । चिनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कट घोषणा गरेको छ ।

अन्य देशहरुबाट अध्ययनका लागि आएका विद्यार्थीहरुको भने उद्दार कार्य भइरहदा आफूहरु टुहुरो जस्तै बन्नु परेको उनीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुले भने, हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गुमाइ सक्यौँ । यस अवस्थामा आफुहरुमा तनाव सिर्जना भएको बताएका छन् ।

सुरुमा अमेरिका र फ्रान्सले आफ्ना नागरिकको उद्दार गर्दा डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन भन्ने लागेको तर तर पछि भारत, बाङ्ग्लादेश र श्रीलङ्काले समेत आफ्ना नागरिकहरुको उद्दार गरेको उनीहरुले बताए ।