ट्रकले ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, सुर्खेत ।

वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिरा चोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको चुनीचाँदे गाउँपालिका ७ का ३४वर्षीय ट्याक्टर चालक प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर बजारतर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्याक्टरलाई लु१ख ७६७० नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको हो । दुर्घटनामा परी भाइते भएका कार्कीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा थप एकजना घाइते भएका छन् । मृतक कार्कीका आफन्तले पिपिरा चोकमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।