यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणा निलम्बित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाविरुद्ध गत कात्तिकमा एक महिलाले गृहमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि राणालाई बिहिबार निलम्बन गरिएको हो । यस्तै, थप अनुसन्धानका लागि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरेको छ ।

राणाले भने आफूविरुद्ध लागेको आरोप स्वीकारेका छैनन् ।