सिन्धुलीमा स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

0
Shares

न्युज अफ नेपाल, सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्चनपुर नगरपालिका ६ सप्तरीका ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।

पूर्वबाट काठमाडौंतर्फ जादैँ गरेको स १ च १००९ नम्बरको स्कारपियो जीप दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका ३० वर्षीय चालक महमद अफरोज गम्भीर घाइते भएका छन् । घाइते अफरोेजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण घटना भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

स्कारपियो सकडबाट झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।