जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना’

0
Shares

रुपन्देही ।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको जानकारी दिनुभयो ।

प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै प्रयोगशालाको लागि नमूना लिन शुरु गरिने जानकारी दिनुभयो ।