साउना बाथमा श्रीमानश्रीमतीको मृत्यु

0
Shares

ललितपुर, (नेस)।

ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेस सेन्टरमा एक दम्पत्तिको मृत्यु भएको छ।‘साउना बाथ’का क्रममा हस्त गर्बुजा मगर र उनकी नेत्रकुमारी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव भएर काम गरेका थिए। प्रहरीका अनुसार मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए।

साउना लिन गएका उनीहरू लामो समयसम्म पनि बाहिर नआएपछि खोजखबर गर्दा बेहोस अवस्थामा भेटिएका थिए। बेहोस अवस्थामा भेटिएका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो। अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।