विदेश नपठाएको झोकमा अहमदको हत्या

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै।

बंगलादेशी नागरिक अहमद मोही उद्दिन अहमदको हत्याको सहस्य खुलेको छ। राजधानी ढाकामा बस्दै आएका अहमदले आफ््नै छिमेकी दुला मियालाई विदेश पठाइदिन्छु भन्दै ४ लाख टाका लिएको र विदेश पनि नपठाएको रकम पनि फिर्ता नदिएको रिसको झोकमा अहमदको हत्या गरेको अभियुक्त मियाले प्रहरीसमक्ष बयान दिएका छन्।

बंगलादेशबाटै रोजगारीका लागि लेवनान पठाउने भन्दै अहमदले मियासँग ४ लाख टाका लिएको लामो समयसम्म विदेश पठाउन नसकेपछि नेपालबाट मियालाई ओमान पठाइदिने भन्दै नेपाल ल्याएका थिए।

ढाकामा नै ट्राभल एजेन्सी चलाएर बसेका अहमदले मियालाई नेपालको बाटो प्रयोग गरी लेवनान पठाउने भनेर माघ ६ गते नेपाल ल्याएका थिए।सोल्टिस्थित ग्रान्ड भिल्लामा बसेका दुवै जनाबीच केहीदिन देखि विदेश पठाउने विषयमा विवाद हुँदै आएको थियो।

अहमदले पटक पटक आफूलाई ढाँटेको र विदेश पनि नपठाएपछि ऋण गरेर लिएको रकम डुब्ने अवस्थामा पुगेपछि अहमदको हत्या गरेको मियाले प्रहरीमा बयान दिएका छन्।अहमदको हत्यापछि उनी कलंकी पुगेर रात्री बस चढेर राजबिराज पुगेका थिए। राजबिराजबाट भारततर्फ गएका मियालाई भारतीय प्रहरीले भिषा नभएको भन्दै नेपाल फिर्ता गरिदिएको थियो।

उनी राजविराजबाट कांकडभिट्टा हुँदै कलकत्ता जाने र त्यहाँबाट बंगलादेश भाग्ने तयारीमा रहेको प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय मध्यपूर्वका देशमा बंगलादेशी नागरिकलाई श्रमको लागि जान कडाई गरेपछि मानव दलालहरूले नेपालको बाटो प्रयोग गर्ने गरेको पाइएको छ।यस अघि पनि पटक–पटक बंगलादेशी नागरिकहरू नेपालबाट पक्राउ पर्ने गरेका छन्।