महानगर प्याब्सन फुटसल आइतबारदेखि

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ।

प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए।

उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ। ४ लाख खर्च हुने प्रतियोगिताका खेल बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ।