रेडनलाई उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

रेडन कलेजले ‘नेपकम्स इन्टरकलेज फुटसल प्रतियोगिता’को उपाधि बिहीबार जितेको छ। प्लान अन परफेक्सनको आयोजनामा भएको फाइनलमा रेडनले विनायक सिद्ध कलेजलाई पेनाल्टी सुटआउट पराजित गरेको हो।

बालुवाटारस्थित ढुकु फुटसल हबमा भएको फाइनलमा निर्धारित समय १–१ गोलको बराबरी टुंगिएको थियो। पेनाल्टी सुटआउटमा रेडनले दुई गोल हान्दा विनायक सिद्धले एकमात्र गोल गर्यो। प्रतियोगितामा न्यु मिलिनियम कलेज तेस्रो भयो।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगिताको विजेता रेडनले ५० हजार, उपविजेता विनायक सिद्धले २० हजार र तेस्रो हुने न्यु मिलिनियमले १० हजार रूपियाँ हात पारे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु मिलिनियमका अनिल खड्का घोषित भए। यस्तै रेडनका आशिष दंगाल उत्कृष्ट गोलकिपर ठहरिए। प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाएका थिए।