जोकोभिचसँग फेडेरर पराजित

0
Shares

लन्डन, (एजेन्सी)।

नोभाक जोकोभिचले चोटले ग्रसित प्रतिद्वन्द्वी रोजर फेडेररमाथि जित हात पार्दै अस्टे«लियन ओपन टेनिस उपाधि रक्षा गर्न निकट पुगेका छन्।
पहिलो सेटमा ४–१ र ४०–० ले पछि परेर पनि सर्बियाका जोकोभिचले पुनरागमन गर्दै सो सेट जितेका थिए।

यसपछि ३२ वर्षीय खेलाडीले ७–६, ६–४, ६–३ ले खेल जित्दै फाइनलमा स्थान बनाए। १७औं ग्रान्डस्लाम उपाधि जित्न अग्रसर भएका जोकोभिचले आइतबार हुने फाइनलमा डोमिनिक थीम वा एलेन्सान्डर जभेरेभसँग खेल्नेछन्।

जितपछि जोकोभिचले बताए—यदि उनले छैटौै गेममा ब्रेक प्वाइन्ट जितेको भए खेल अवश्य अर्कै बाटोमा जान्थ्यो। उनले शुरुवात राम्रो गर्दा म नर्वस थिए। उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

जोकोभिचले मेलबर्न पार्कमा भएका अघिल्ला १० प्रतियोगितामा केवल तीनमा हारेका छन्। उनी आठौं अस्टे«लियन ओपन जित्न निकट पनि छन्। उनी ३८ वर्षीय फेडेररको कीर्तिमानी २० ग्रान्डस्लाम भन्दा ३ र राफायल नाडाल भन्दा २ उपाधिले पछाडि छन्। स्पेनी खेलाडी नाडाल क्वार्टरफाइनलमा थीमसँग पराजित भएका थिए।

फेडेररको ग्रोइन समस्याले गर्दा टेनीस सान्डग्रेनविरुद्धको ऐतिहासिक क्वार्टरफाइनलमा संघर्ष गर्नु परेको थियो। यद्यपि सो खेलमा ७ म्याच प्वाइन्टबाट जोगिएर उनी अन्तिम चारमा पुगे। तर जोकोभिचको सामुन्ने उनको चोट बाधक बनेको थियो। उनले पहिलो सेट समाप्त हँुदा स्वास्थ्य उपचार लिनु परेको थियो।