प्रभु बैंकको वैदेशिक रोजगारी कर्जा


काठमाडौं, (नेस)।

प्रभु बैंकले प्रदेश नं. २ का ५ जिल्लाका प्रवासी कामदारलाई लक्षित गरी नयाँ प्रोडक्ट शुरू गरेको छ। प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजनाअन्र्तगत प्रदेश नं. २ का ५ जिल्ला बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउने छन्।

प्रवासी कामदार र उनीको परिवारको वित्तीय पहँुच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजनाअन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदार।

काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ। वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र सरकारको सहकार्यमा सञ्चालित परियोजना हो।