देशभर एक्सनमय द कर्मा

0
Shares

आज शुक्रबार देशभर एक्सनमय फिल्म द कर्मा रिलिज हुने भएको छ। देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाको निर्माण तथा शारदा खड्का अर्यालको सहनिर्माणमा बनेको छ।

जयराज रायको कथा, सुशील पोखरेलको पटकथा र संवाद, कोसिस क्षेत्री, मानसविक्रम थापा र अंकितबाबु अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा फिल्ममा बुद्धि तामाङ, परमिता आरएल राणा, नीता ढुंगाना, देवकुमार श्रेष्ठ, करण वर्मा, जयराज राय, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारले अभिनय गरेका छन्।