निफमा हलिउड निर्माता

0
Shares

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा आगामी फागुनको १ देखि ५ गतेसम्म राजधानीमा हुने तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कसप दिने भएका छन्।

फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्ने आयोजकले जानकारी गराएका छन्।

फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ फेस्टिबलमा सहभागी हुने बताए। ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याटजस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्यांक्सलगायतका फिल्म निर्माण गरेका छन्।

जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रूपमा काम गरेका व्यक्ति हुन्। उनीहरू तीनै जनाले स्ट्रिमिङ साइटका बारेमा जानकारी दिने निर्देशक पाठकले बताए।

दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्वबजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्ममेकरसँग बहसमा सहभागी हुनेछन्।