महिला लिग फुटबल प्रतियोगिताः चन्द्रपुर र वालिङ्ग विजयी


सञ्जय कार्की, रौतहट ।

चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको दुई सेमिफाईनलसंगै रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्गजाको वालिङ्ग नगरपालिका फाईनलमा प्रबेश गरेका छन् । स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा शुन्यका बिरुद्ध २ गोलले वीराटनगर महानगरपालिका हराउदै चन्द्रपुर नगरपालिका विजयी भएको हो ।

घरेलु मैदानमा भएको खेलमा दर्शकको अपार माया पाएका चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर ९ की रजनी ठोकरले मध्यान्तर अघिको ३५ मिनेटमा १ गोल गरिन । मध्यान्तर अघि १ गोलमा रोक्न सकेको विराटनगर महानगरपालिकाले गोल फर्काउन सकेन भने मध्यान्तर पछिको ३० औ मिनेटमा चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर १७ की मेनुका नगरकोटीले अर्को १ गोल गरेसंगै खेलमा बिजय हासिल गरेको हो ।

उक्त खेलमा चन्द्रपुर नगरपालिकाको जर्सीनम्बर १७ की मेनुका नगरकोटी वमन अफ दि म्याचबाट पुरस्कृत भईन । यस्तै दोस्रो खेलमा वालिङ्ग नगरपालिकाकी जर्सीनम्बर ९ की अमिषा कार्कीले गरेको २ गोलले उदयपुरको चौदण्डीगढी नगरपालिका हराएको हो । अमिषा कार्कीले उत्कृष्ट प्रर्दशन गरेपनि ह्याट्रिक गर्ने अबसर भने गुमाएकी छिन । उनले मध्यान्तर अघिको १५ मिनेट र मध्यान्तर पछिको ३० औ मिनेटमा गोल गरेकी हुन ।

उक्त खेलमा वालिङ्ग नगरपालिकाको जर्सीनम्बर १२ की सरिष्मा थापा वमन अफ दि म्याचबाट पुरस्कृत भईन । वमन अफ दि म्याच हुने लाई ५ हजार नगद र ट्रफी रहेको छ । बिहीबार पराजय भोगेको विराटनगर महानगरपालिका र चौदण्डी गढी नगरपालिकाले भने ५०/५० हजार नगद पुरस्कार पाउने छन । यस प्र्रतियोगितामा यस प्रतियोगितामा प्रथम हुने टिम लाई ३ लाख, मेडल, ट्रफि र दोस्रो हुने टिम लाई १ लाअख ५० हजार, मेडल, ट्रफि र सेमीफाईनल पुग्ने दुई टिम लाई ५०/५० हजार नगद पुरस्कार रहेको जनाइएको छ ।

यस्तै उत्कृष्ट पाँच बिद्याका खेलाडीहरु लाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । बिहीबार बिजयी चन्द्रपुर नगरपालिका र वालिङ्ग नगरपालिकाको फाईनल खेल भने आउदो माघ १८ गते हुनेछ । सेमिफाईनलमा पुगेको चार वटै टिम भने राष्ट्रिय लिग खेल्ने रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताउनु भयो ।