दैलेखमा चट्याङ लाग्दा एकको मृत्यु, चार घाइते


न्युज अफ नेपाल, दैलेख ।

दैलेखको महावु गाउँपालिका–६ लामिडाडाँमा बुधबार साँझ चट्याङ लागरे एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। चट्याङ लागेर ३३ वर्षीया निर्मला कामीको मृत्यु भएको हो। चट्याङ लागेर घाइते भएकी निर्मलालाई उपचारका लागि अस्पताल ल्याउँदाल्याउँदै बाटाेमा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दैलेखले जनाएको छ।

चट्याङ लागेर महावु गाउँपालिका–६ का ३० वर्षीया मनिसा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक, २१ वर्षीय नवराज कार्की घाइते भएका छन । घाइतेहरू समान्य उपचारपछि घर फर्काएको प्रहरीले जनाएको छ । मृतक कामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको प्रहरीले जर्नाको छ ।