जानभी भइन् ‘रियल सरस्वती’


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१० मा रहेको तुलसीमेहर मेमोरियल आवासीय माविकी जानभी रिजाल ‘रियल सरस्वती’ भएकी छन् । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा सँस्कृति ढुंगेल द्वितीय भएर नगद ३ हजार प्राप्त गर्दा प्रतियोगिताको तृतीय स्थान अर्चना खड्काले प्राप्त गरिन् । उनले नगद २ हजार प्राप्त गर्दा सान्त्वना भएकी मानभी यादबले नगद १ हजार प्राप्त गरिन् ।

सरस्वती पुजाको अवसर पारेर बिहीबार ‘रियल सरस्वती’ प्रतियोगिता भएको हो । नेपालीको सँस्कृतिका विषयमा विद्यार्थीलाई जानकारी दिने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालय प्रमुख रघुनाथ खरालले बताउनुभयो ।

विद्यालयले यसअघि कृष्ण जन्माष्टमीमा ‘रियल कृष्ण’ प्रतियोगिता गरेको थियो । मकवानपुर जिल्लाको सँस्कृत विषय अध्ययन हुने एकमात्र संस्थागत विद्यालय रहेको तुलसीमेहरले नेपालको सँस्कृतिका विषयमा विद्यार्थीलाई जान्न आवश्यक रहेको भन्दै यस्ता प्रतियोेगिता आयोजना गर्ने गरेको छ ।