ठमेलबाट दुई किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ठमेलबाट दुई किलो २ सय ग्राम कोकिनसहित एक बोलिभियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिइ ५१८५७ नम्बर राहदानी बाहक बोलिभियन नागरिक सोलोन क्याभेज मिगेल रहेको प्रहरीले जनाएको छ । ठमेलस्थित होटल बुद्धल्याण्डको ४०२ नम्बर कोठामा बसेका उनलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । उनले २ किलो २ सय ग्राम कोकिन सुटकेशमा लुकाएर नेपाल भित्र्याएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका मिगेलमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।