अज्ञात समूहद्वारा सल्यानकाे वडा कार्यालयमा आगजनी

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यान कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजातहरू, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल , कार्पेट, पर्दा, ईन्टरनेटसम्बन्धी सामग्री, दराजलगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छ्न् ।

कार्यालयमा लगाएको ताला फोडेर पेट्रोल छर्कि आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बिहीबार बिहान कार्यालय खोलेपछि मात्र आगलागीबारे थाहा भएको थियो ।

आगजनी कसले र किन गरेको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।