जगदम्बा स्टिल्समा कार्यरत एक मजदुरको शव उद्योगभित्रै भेटियो

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

बाराको सिमरास्थित जगदम्बा स्टिल्स इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको शव उद्योगभित्रै मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा भारत बिहारको छपरा थाना घर भई हाल उद्योगमा काम गर्दै आएका ३० वर्षीय अम्बर राय रहेका छन् ।

रायको शव खाल्डोमा घोप्टो परेको अवस्थामा भेटिएको हो । उद्योगको वर्कश पमा काम गर्दै आएका रायको शव उद्योगको विद्युत गृह नजिकै बुधबार राति फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बुधबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म ड्यूटीमा रहेका रायको शव अर्को सिफ्टका मजदूरले देखेपछि प्रहरीलार्य खबर गरेका थिए । मृतककको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।

रायको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनायो ।