बुद्ध एयरको चरम लापर्वाही, विमानमा तेल नै नभरी उडानकाे तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालको आन्तरिक उडानमा सुरक्षीत मानिने बुद्ध एयरले तेल नै नभरी उडान गर्ने तयारी गरेपछि यात्रुहरु केही समय अलमलमा परेका छन् । पोखराबाट भैरहवाको उडान भर्ने क्रममा रहेको उक्त विमानले चरम लापरवाही गरेका भन्दै यात्रुहरु आक्रामक बनेका थिए ।

यस्तै खाले साना हेलभेक्राईले गर्दा यात्रुहरुको ज्यानै जानसक्ने भन्दै उनीहरुले नेपाली आन्तिरक उडानको दुखेसो पनि एक आपसमा पोखे ।

विमान परिचारीकाले जानकारी गराएपछि मात्र विमानमा तेल नभएको थाहा पाएपछि चालक दलका सदस्यहरुले हतार हतार गर्दै तेल हाल्नतिर लागेको त्यहाँका प्रतक्षदर्शीहरुले जनाएका छन् ।

उड्ने तयारीमा रहेको बिमानलाई पुन ट्क्सी वे मा लगेर तेल हालेर भैरहवा तर्फ उडाइएको थियो ।