न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली तीव्र बलर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । कामीले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ । सोमपालको स्वास्थ्यमा समस्या आएपछि टोलीबाट हटाइएका थिए । उनी अहिले आराम गरेर बसीरहेका छन ।











प्रतिक्रिया